नेपाली कांग्रेस महाधिवेशन : रोल्पाका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन

रोल्पा । नेपाली काँग्रेसको आसन्न १४ औँ अधिवेशनको लागि रोल्पामा रहेका ७२ वडामा प्रतिनिधिको टुङ्गो लगाएसँगै १० वटा पालिका स्तरमा नेतृत्व चयन गरिएको छ । पालिका अधिवेशनले सर्वसम्मत गरेर नेतृत्वको चयन गरेर टुङ्गो लगाएको छ ।
१४ औ महाधिवेशनको लागि पालिकाबाट सर्वसम्मत नेतृत्व चयन हुनेहरूमा रोल्पा नगरपालिकामा चन्दप्रकाश आचार्य, सुनछहरी गाउँपालिकामा कोम बहादुर बुढामगर, सुनिलस्मृति गाउँपालिकामा मन बहादुर गिरी (आशिष), गंगादेव गाउँपालिकामा मीन बहादुर खड्का, माडी गाउँपालिकामा नवराज डाँगी, परिवर्तन गाउँपालिकामा खडक बहादुर घर्ती मगर, थबाङ गाउँपालिका खरिलाल डाँगी, त्रिवेणी गाउँपालिकामा दुर्योधन राना, रुन्टीगढी गाउँपालिकामा जनक पुन र लुङ्ग्री गाउँपालिकामा जनक खड्का सर्वसम्मत रुपमा सभापति चयन हुनुभएको प्रेस युनियन रोल्पा अध्यक्ष लोकेन्द्र चन्दले जानकारी गराउनु भयो








प्रतिक्रिया राख्नुहोस्