विदेश पढ्न जान नपाएका विद्यार्थीहरूलाई पठाउन कूटनीतिक पहल गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले चीन, जापान लगायतका देशमा कोभिड–१९ का कारण उच्च शिक्षा लिन जान नपाएका विद्यार्थीहरूलाई पठाउनका लागि कूटनीतिक पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सन् २०१५ र १६ औँ ब्याचका चीनमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।
यस्तै बैठकले मणिपाल कलेज बिक्री भएको सम्बन्धमा नेपाल सरकार र मणिपाल कलेजबीच भएको सम्झौता शिक्षा तथा स्वास्थ्य समितिमा उपलब्ध गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्