दोधाराचांदनी नगरपालिकाबाट ५ वर्षीय बालक बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं. ७ निवासी लाल बहादुर बुढाका छोरा वर्ष ५ का शिशिर बुढा हिजो अपराह्न ५ बजेबाट घरबाट सम्पर्क विहीन भएका छन् ।
घरमा रहेका शिशिर खेल्दै गर्दा परिवारको सम्पर्कमा नआएको शिशिरका परिवारजनले बताएका छन् । आफन्तहरू लगायत सबै ठाउँमा खोजी गर्दा समेत परिवारजनको सम्पर्कमा शिशिर नआइसकेको परिवारजनले बताएका छन् ।
शिशिरको खोजी कार्य गरिदिनुहुन परिवारजनले सबैमा अनुरोध गरेका छन् । शिशिरलाई देख्नुहुनेले मोबाइल नम्बर : ९८१२७३३१००/९८२२७०२६३६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्