तपाईँ सुन्दै हुनुहुन्छः

जलेश्वरमा अत्याधुनिक बसपार्क निर्माण हुने

जनकपुरधाम  । महोत्तरीको जलेश्वर नगरपालिकामा अत्याधुनिक बसपार्कको निर्माण हुने भएको छ । 

सहरी विकास मन्त्रालय तथा जलेश्वर नगरपालिकाको गरेर ७ करोडको लगानीमा बसपार्कको निर्माण हुने भएको हो । 

अत्याधुनिक बसपार्कको निर्माणमा सहरी विकास मन्त्रालयको ४ करोड ७५ लाख र नगरपालिकाको २ करोड लगानीमा निर्माण हुने भएको छ । 

जलेश्वर नगरपालिका वडा नंं २ मा नयाँ निर्माण हुने भागेश्वर बसपार्कमा अत्याधुनिक टर्मिनल भवन, शौचालय, पार्किङ स्थल तथा अन्य अत्यावश्यक पूर्वाधारहरूको निर्माण गरिने कार्यक्रम रहेको जलेश्वर नगरपालिकाले जनाएको छ । 

बसपार्कको निर्माण बहु वर्षे ठेक्का अन्तर्गत निर्माण हुने भएको छ । 

अत्याधुनिक बसपार्कको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का प्रतिनिधिसभाका सदस्य महन्थ ठाकुरले शिलान्यास गर्नुभएको छ । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अत्याधुनिक तथा व्यवस्थित बसपार्कको निर्माणले आमजनता तथा व्यवसायिहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

शिलान्यास समारोहमा जनता समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य अनिल कुमार झा, प्रदेश  नंं २ का पूर्व सामाजिक विकास राज्यमन्त्री एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्य अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा, प्रदेश सभा सदस्य बबिता चौधरी, जिल्ला समन्वय समिति सभापति सुरेश प्रसाद सिंह सहितका नेताहरूको सहभागिता रहेका थिए । 

जलेश्वर नगरपालिकाका नगरप्रमुख राम शङ्कर मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा सहरी विकास मन्त्रालयका प्रतिनिधि पनि सहभागी रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button