तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

पोखरा । नेपाली काँग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनुभएको छ । 

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो ।

बिजुक्छेले ४ सय १४ मत प्राप्त गरी विजयी हुँदा प्रत्याशी गंगाधर पराजुलीले ३ सय४६ मत प्राप्त गर्नुभयो । 

महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको थियो । सभापतिका अन्य उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३, मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो । कुल १३ सय ४४ मत खसेको थियो ।

उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । 

उपसभापतिका ६ जना प्रत्याशी रहेकोमा निर्दोशविक्रम पौडेलले  ४०७, राजेन्द्र बरालले  ३७५, कृष्णप्रसाद अधिकारीले  ३६८ र शिव केसीले १६८ मत प्राप्त गर्नुभयो ।

सचिवमा भने टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गर्नुभयो  । 
सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button