टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका– ३ अरनिको राजमार्गअन्तर्गत होटेल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३–०२००७ प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो ।
मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाकारी दिएको छ । गाडी र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् ।








प्रतिक्रिया राख्नुहोस्