कांग्रेस १४औँ महाधिवेशन : सल्यानमा दुई पालिका निर्विरोध, सातमा निर्वाचन

सल्यान । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको पूर्व निर्धारित कार्य तालिका अनुसार सल्यानका १० वटै स्थानीय तहमा अधिवेशन भएको छ ।
१० स्थानीय तह रहेको सल्यानमा दुई स्थानीय तह त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा मात्र निर्विरोध अध्यक्ष लगायतको पदाधिकारी चयन भएको छ । बाँकी सात नगर /गाउँमा निर्वाचन भएको नेपाली कांग्रेस सल्याने जनाएको छ ।
त्रिवेणी गाउँपालिकामा गङ्गाराम पुन र र सिद्ध कुमाख गाउँपालिकामा वीर बहादुर बुढा निर्विरोध निर्वाचित भएको कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताउनुभयो । सात स्थानीय तहमा भने निर्वाचन भएको र आज नै नतिजा आउने उहाँले बताउनुभयो को
सल्यानमा प्रधानमन्त्री देउवा र रामचन्द्र प्यानल बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

शारदा नगरपालिकामा हिमेन्द्रबाबु सेजवाल, दीपक कुमार हमा, बागचौर नगरपालिकामा भीम बहादुर भण्डारी र दीपेन्द्र डिसी, बनगाड कुपिण्डे नगरपालिकामा भने तीन जनाको उम्मेदवारी परेको छ । जसमा दीपेन्द्र विष्ट, पुरुषोत्तम आचार्य र दुर्गा खड्का चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा कृष्ण बहादुर वली र विशाल सिंह ठकुरी, कपुरकोट गाउँपालिकामा एकराज वली र विष्णु शर्मा, कालीमाटी गाउँपालिकामा पूर्ण बहादुर खत्री र टोप बहादुर खत्री, छत्रेश्वरी गाउँपालिकामा टेक बहादुर विष्ट र सिता केसी र कुमाख गाउँपालिकामा ईश्वरी शाही र इन्द्र प्रकाश शर्मा बीच कडा प्रतिस्पर्धा देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्