तपाईँ सुन्दै हुनुहुन्छः

१७ केजी गाँजासहित एक जना पक्राउ

सुनसरी । मोरङ विराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादव लागू औषध गाँजासहित पक्राउ परेकी छन् ।

दिउसो साँढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए पश्चात् आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button