छुरा प्रहार गरी छिमेकीको हत्या
सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेका छन् ।
हिजो बेलुका साँढे ४ बजे सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थापाको उपचारका लागि धरान पुर्याउन साथ मृत्यु भएको थियो ।
हत्या गर्ने देवी प्रसाद अधिकारी पक्राउ परेका छन् ।
पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्