तपाईँ सुन्दै हुनुहुन्छः

अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्छः प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 

बौद्ध अर्घौ सदन रामघाट पोखराको आज सम्पन्न ४४ औँ वार्षिक साधारण सभामा उहाँले हक अधिकारको माग एकै चोटि मागेर पूरा नहुने बताउनुभयो ।

विभिन्न समुदायका व्यक्ति आफैँ अधिकारका बारेमा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले दलीय सङ्गठनभित्र बसेर दलभित्र आफ्नो समुदायको बाहुल्य कायम गर्नेतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button