तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी, बागमती प्रदेश कमिटीको बैठक १९ गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ ।     


वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्ने लगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।   

  
पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने बैठकमा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव सङ्कलन गरिने सहइञ्चार्ज श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य लगायतको सहभागिता हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button