तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक महिला मृत अवस्थामा फेला

अछाम । अछाममा एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट निवासी ३० वर्षीया सुना थापा साँफेबगर नगरपालिका वडा नम्बर १ बुढीगंगा नदीको किनारमा मृत अवस्थामा फेला परेको अछाम प्रहरीले जानकारी दिएको छ । 

बुढीगंगा नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घुघुरकोट र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानमा थापाको शव फेला परेको अछाम प्रहरीले जनाएको हो । 

मृतक थापाको जिल्ला अस्पताल अछाममा पोष्टमाटम गरी आफन्तको जिम्मा लगाइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button