नेपाल विद्युत् प्राधिकरण सल्यानमा ३१ लाख विद्युत् बक्यौता उठाउन बाँकी

सल्यान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्यानले गत आर्थिक वर्ष २०७७÷०७८ सम्म ३१ लाख विद्युत् बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।
विद्युत् महसुल समयमा नर्तिने कम्पनी, साना उद्योग, मिलहरू रहेका छन् ।
विगतका वर्षको तुलनामा बक्यौता रकम घटने क्रम चलिरहेको भए पनि अझै ३१ लाख रकम बक्यौता रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख धर्मपति यादवले जानकारी दिनुभयो ।
५ हजारदेखि माथि तिरको रकमलाई मात्र जोड्दा ३१ लाख बक्यौता देखिएको उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार सबैभन्दा धेरै हेलो नेपालको १ लाख ४७ हजार, गाउँवेशी सूचना केन्द्रको ७५ हजार, बाल सङ्गठन सल्यानको २९ हजार रहेको छ । बढी मात्रामा साना तथा मझौला उद्योग र मिलहरू रहेको यादवको भनाई छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै जारी गरिएको निषेधाज्ञाले पनि बक्यौता उठाउन समस्या भएको उहाँले बताउनुभयो ।
बक्यौता रकम असुली गर्न पटक पटक पत्राचार गर्नुका साथै केहीको लाइन समेत काटिएको उहाँको भनाई छ ।
कार्यालयमा कर्मचारीको अभाव हुँदा अहिले लाइन काट्न नसकिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्