तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै

File Photo

काठमाडौँ । नेपाली काँग्रेसको पालिका अधिवेशन भोलि देखी सुरु हुने भएको छ ।

काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै  गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले  २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने  र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो । 

प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर  आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो ।

यस्तै काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह  समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button