तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा एक युवा मृत अवस्था फेला

पाल्पा । तानसेनको फूलबारीमा एक युवा मृत अवस्थामा फेला परेका छन् । 

युवक बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–७, बोबाङ्का ३२ वर्षका वसन्त विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

विक मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

विकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button