तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउनसुगरसहित तीन पक्राउ

बनियानी। झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागु औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटेलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बिहीबार दिउँसो लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button