तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम  ।  सवारी दुर्घटनामा परी गए राती इलाममा एक जनाको मृत्यु भएको छ । माइजोगमाइ गाउँपालिका ५ सोयाङ स्थित गणेश गोलाइमा  इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ न. को पिक अप गाडी  रोकिएको बेला सोही गाडीमा सवार माइजोगमाइ गाउँपालिका ५ बस्ने वर्ष ५७ को खिर कुमार तामाङको मृत्यु भएको हो ।

गाडी रोकेर बाहिर शौच गर्न  गएको अवस्थामा गाडी पछाडि सरे पछि  तामाङको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सन्दकपुर गाउँपालिका १ माइपोखरी  बस्ने वर्ष ३०  को महेश राईलाई नियन्त्रणमा लिइएको छ  भने थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button