तपाईँ सुन्दै हुनुहुन्छः

बाइडेनले आयोजना गरेको कोभिड विरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्रीको सम्बोधन (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको भर्चुअल कोभिड १९ सम्मेलनलाई बिहीबार राति सम्बोधन गर्नुभएको छ ।

सम्बोधनमा देउवाले नेपालले कोभिड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी दिनुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्ममा लक्षित समूह (८० प्रतिशत) लाई कोभिड विरुद्धको खोप लगाइसक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले विश्व समुदायसँग खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड दिनुहुँदै कोभिड-१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि धन्यवाद दिनुभयो ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button