तपाईँ सुन्दै हुनुहुन्छः

बडिगाड खोलाले बगाएर निसीखोलाका युवा बेपत्ता

बागलुङ । पश्चिम बागलुङको वडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।

वडिगाड गाउँपालिका– ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा निसिखोला गाउँपालिका–६ का २४वर्षीय दिप्सन बिक बेपत्ता भएका हुन् ।

बालुवा निकालेर आराम गरिरहेको अवस्थामा गर्मी भएको भन्दै पौडी खेल्न खोलामा पस्दा बगाएर बेपत्ता बनाएको प्रहरी चौकी खार ग्वालिचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

प्रहरीको टोलीले बेपत्ता युवकको  खोजी कार्य सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button