तपाईँ सुन्दै हुनुहुन्छः

विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । 

बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव र विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिने एजेन्डा तय भएको  एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button