दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खुल्ने

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीहरूको आज बसेको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताउनुभयो ।
कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्