तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पाँच दलीय गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलालाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले बुधवार भएको सत्ता गठबन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठबन्धन नै बनाएर अर्को चुनावसम्म जाने सङ्कल्प गरिएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ल्याएर गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button