तपाईँ सुन्दै हुनुहुन्छः

चीनका जायज चासो र सरोकारहरू सम्बोधन गर्न नेपाल सधैँ संवेदनशील : राष्ट्रपति

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी राष्ट्र चीनका जायज चासो र सरोकारहरू सम्बोधन गर्न नेपाल सधैँ संवेदनशील रहेको बताउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङ् ः चीनको शासन व्यवस्था– भाग दुई’ पुस्तकको नेपाली संस्करणको  विमोचनका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनका जायज चासोहरू सम्बोधन गर्न तयार रहेको बताउनुभएको हो । 

राष्ट्रपति भण्डारीले चीन सरकारको पहलमा सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ विआरआई अन्तर्गत निर्माण हुने हिमालय वारपार बहुआयामीक सञ्जाललाई नेपालले भू–परिवेष्टित राष्ट्रबाट भू–जडित राष्ट्रको रुपमा विकास गर्ने अवसरको रुपमा लिएको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले चीनले गरिबी निवारण तथा सुशासनका क्षेत्रमा हासिल गरेको उपलब्धिलाई नेपाल लगायतका विकासशील राष्ट्रहरूले प्रेरणाको श्रोतका रुपमा लिनुपर्ने पनि बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हु याङ्छीले नेपाल र चीन बीचको कूटनैतिक सम्बन्ध दुवै देशका नागरिकको जीवन सुखी र समृद्ध बनाउन केन्द्रित रहँदै आएको बताउनुभयो । 

राजदूत हु याङ्छीले आगामी दिनमा आपसी विश्वास, सम्मान र समर्थनका आधारमा दुई देश बीचको सम्बन्ध अझ बलियो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button