तपाईँ सुन्दै हुनुहुन्छः

राज्यका सञ्चारमाध्यमले सरकारको निष्पक्ष आलोचना गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आज आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले देशभरका अस्पतालमा कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले महामारी, प्राकृतिक जोखिमकाबीच पनि पत्रकारले जनताको सूचनाको हकको रक्षा गरेको भन्दै संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राज्यका सञ्चार माध्यमले सरकारको आलोचना गर्दैन, सरकारको गुणगान मात्र गाउँछ भन्ने आरोपबाट पत्रकारहरू मुक्त हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई छ । 

सरकारी सञ्चार माध्यमले पनि सरकारको निष्पक्ष आलोचना गरी कुनै आग्रह पूर्वाग्रह नराखी सत्य तथ्य समाचार बाहिरा ल्याउन हिम्मत गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । 

No description available.

 कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको विकासका लागि सञ्चार मन्त्रालयका तर्फबाट नीतिगत तथा कानुनी सहयोग गर्न सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा रिपोर्टिङका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पत्रकार द्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा दिँदै आएको यो वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता वासुदेव बर्मालाई रु ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button