तपाईँ सुन्दै हुनुहुन्छः

१ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिए, सङ्क्रमणका १३ जनाको मृत्यु

File photo

काठमाडौँ । आज देशभर थप १ हजार २ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

१५ हजार २ सय ४३ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा  १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै, कोरोना सङ्क्रमणबाट आज थप १ हजार ३ सय २४ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ९६ प्रतिशत संक्रमित निको भएका छन् ।

कोरोना सङ्क्रमणका कारण आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button