‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौँ । सङ्घीय संसद्बाट पारित भएको “विनियोजन विधेयक, २०७८” प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भई सोही दिन राष्ट्रियसभामा पठाइएको “विनियोजन विधेयक, २०७८” आज बसेको राष्ट्रिय सभाको बैठकबाट पारित गरेको थियो ।
आजै राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको जानकारी सभामुखको सचिवालयले दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्