‘शान्ति सुरक्षा नै पहिलो प्राथमिकता’

तनहुँ । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
बुधवार जिल्लाका सञ्चारकर्मीसँगको भेटघाटको क्रममा प्रजिअ अर्यालले सो कुरा बताउनुभएको हो ।
गत असोज १ गतेदेखि तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा अर्यालले जिल्लाको कमाण्ड सम्हाल्नु भएको छ ।
यसअघि प्रजिअ अर्याल राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरणमा कार्यरत हुनुहुन्थ्यो ।
प्रजिअ अर्यालले जनताको काम छिटोछरितो गर्ने प्रयासमा रहेका जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरी चाडपर्वमा बजार अनुगमन गर्ने समेत उहाँले बताउनुभयो ।
उहाँ राजमार्गका खाल्डाखुल्डीका कारण दुर्घटना बढेकाले खाल्डा पुर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्