संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे एकैसाथ बस्न लागेको हो ।
संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने उल्लेख छ ।









प्रतिक्रिया राख्नुहोस्