सेतीमा उत्खनन् रोक्न स्थानीयद्वारा नगरपालिकाको ध्यानाकर्षण

बझाङ । बझाङको जय पृथ्वी नगरपालिका –११ का बासिन्दाहरूले सेती नदीको बालुवा, गिट्टी उत्खनन् रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
बुधवार जय पृथ्वी नगरपालिका –११ रुइना बगर, कार्पिकोटका बासिन्दाहरू सेती नदीको ढुङ्गा, बालुवा र गिट्टी उत्खनन् रोक्नेबारे ध्यानाकर्षण गराउन नगरपालिका पुगेका हुन् ।
सेती नदी र आसपासका खोलाहरुले बर्षेनी रुइना बगर, भोपुर लगायतका क्षेत्रबाट ठुला परिणाममा ढुङ्गा, बालुवा र गिट्टी निकाल्दा खेतीयोग्य जमिन र बस्ती नै जोखिममा परेको स्थानीय धर्मराज जोशीले बताउनुभयो ।
जय पृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले असोज ८ गते कार्यपालिकाको बैठक बस्ने भएकाले त्यसमा आफूले कुरा राख्ने र जथाभाबी उत्खनन् भएको ढुङ्गा, बालुवा रोक्नका लागी पहल गर्ने बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले आफ्नो मातहतमा रहेको तथा आफ्नो अधिकार क्षेत्रभित्र रहेको ठाउँबाट बालुवा, गिट्टी लगायतका बस्तुको कर उठाउने अधिकार स्थानीय सरकारको भए पनि जय पृथ्वी नगरपालिकाले ढुङ्गा, बालुवा गिट्टी बाट खासै राजश्व सङ्कलन गर्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्