ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुनसरी । इटहरीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका– २ बस्ने ४० बर्षीया स्कुटर चालक निरा प्रधानको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
आज बिहान सवा १० बजे इटहरी–बरगाछिस्थित राजमार्गमा को२त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक निरा गम्भीर घाइते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० वर्षीय कार्तिक ऋषिदेव प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्