तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । 

जिल्लाको  पुनर्बास नगरपालिका–११ बस्ने ४० वर्षीय माने खत्रीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । 

सोही ठाउँको अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button