४ लाख २७ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

भद्रपुर, झापा । दशैं नजिकिँदै जाँदा झापामा जुवाडेहरू पक्राउ पर्न थालेका छन् ।
यस क्रममा झापा प्रहरीले मङ्गलवार राति झापाको दमकबाट कौडा (जुवा) खेलिरहेको बेला १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति राति साढे ११ बजे दमक १ स्थित हिमाल देवानको एक तले भान्सा कोठामा पैसाको बाजी थापी कौडा खेलिरहेको अवस्थामा ४ लाख २७ हजार नगद र १६ थान कौडासहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापा दमकका कर्ण राई, राजन दाहाल, विनोद थेबे, भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई, ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कनकाईका मोहन बराल, सुनिल साह, मोरङ ग्रामथानका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गङ्गाराम मगर, बेलबारीका निशान पोखरेल रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्