झापामा १८ कार्टुन प्रतिबन्धित रेडबुल बरामद
भद्रपुर, झापा । झापामा प्रतिबन्धित रेडबुल बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्गलवार साँझ १८ कार्टुन प्रतिबन्धित रेडबुल बरामद गरेको हो ।
भन्सार छलेर भित्र्याइएको उक्त परिमाणको रेडबुल ठेलामा हालेर लैजाँदै गर्दा बिर्तामोडको कनकाई रोडबाट बरामद गरी मेची भन्सारलाई बुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । सो रेडबुल प्रतिबन्धित भएकोले बेच्न नमिल्ने प्रहरीको भनाइ छ ।
त्यसैले प्रतिबन्धित रेडबुल भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रिन्छ । रेडबुल लिएर हिँड्ने मानिस भने फरार रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्