ढलमा खसेर बालक बेपत्ता

काठमाडौं ।काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलवार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो ।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्