तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले डसेर बालकको ज्यान गयो

बगलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ नयाँ बजारमा मंगलबार सर्पले डसेर बालकको ज्यान गएको छ ।

स्थानीय रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत थिए ।

सर्पले टोकेर घाइते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

पठनपाठनको लागि विद्यालय पुगेका खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको हो । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्रै सर्पले टोकेको पहिचान भएकाले उपचारमा ढिलाइ समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button