‘देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्छ’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएमा विद्यार्थी सङ्गठनले जनतालाई सचेत गराउँदै सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा अध्यक्ष ओलीले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाउनुभयो ।
उहाँले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्नुहुँदै त्यसका लागि कानुनी र अन्य लडाइँ लड्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका निवर्तमान अध्यक्ष ऐन महरले अध्यक्ष सुनिता बराललाई नेतृत्व हस्तान्तरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्