तपाईँ सुन्दै हुनुहुन्छः

सात जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सात जिल्लामा आज वडा अधिवेशन सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  

       
बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमा समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा वडा अधिवेशन पछि हुने भएको हो ।     


काँग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । 

काँग्रेसले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button