विश्वकै उत्कृष्ट १० मा चाँगुनारायण नगरपालिका
भक्तपुर । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ अन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ ।
ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिका तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा परेको हो ।








प्रतिक्रिया राख्नुहोस्