नेकपा एकीकृत समाजवादीको बैठक: अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
काठमाडौँमा आज बसेको बैठकले राजनैतिक प्रस्ताव, सङ्गठन विस्तार, नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल गरेको पाटी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले पेश गर्नुभएको प्रतिवेदनमाथि भोलि पुन बस्ने बैठकमा समूहगत छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्