तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गर्नुका साथै कोभिड १९ व्यवस्थापन आदेश, २०७८ स्वीकृत गरेको जानकारी दिनुभयो । 

यसैगरी, बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साँढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button