तपाईँ सुन्दै हुनुहुन्छः

आगोले पोलेर घाइते भएकी महिलाको पाँच दिन पछि हेलिकप्टरबाट उद्धार

गोरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा भएको आगलागीमा परी घाइते भएकी महिलालाई आज हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

गोरखा छेकम्पार घर भई काठमाडौँमा व्यवसाय गरिरहेका धावा ग्याल्जेन लामा र लाप्राकका सागर गुरुङको समन्वयमा मङ्गलवार घरमै पुगेर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।

धार्चे गाउँपालिका २ को रुन्चेतमा असोज १ गते राती गोठमा आगलागी हुँदा गर्बी गुरुङ गंभिर घाइते हुनुभएको थियो ।

गोठमा सुत्ने क्रममा रातको समयमा अचानक आगलागी भएपछि गोठमा रहेको १३ वटा बाख्रा पनि आगोमा जलेर मरेका थिए । ४५ वर्षकी गर्वी गुरुङको आर्थिक अवस्थामा नाजुक भएका कारण उनको परिवारले सदरमुकाम सम्म ल्याएर उपचार गराउन नसकेको स्थानीयले देव बहादुर गुरुङले जानकारी दिनुभयो ।

गोठमा सुतिरहेका बेला अचानक भएको आगलागीबाट शरीर भरी अनुहार र शरीरको विभिन्न भागमा पोलेको गुरुङले बताउनुभयो । घाइते गुरुङको कीर्तिपुरमा उपचार गरिने उद्धारमा संलग्न धावा ग्याल्जेन लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button