एमालेको काचुली फेरियो : पूर्वमन्त्री बास्कोटा

कास्की ।पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले एमाले विभाजन हुँदा पाटीले काचुली फेरेको बताउनु भएको छ ।
प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा एकीकृत समाजवादीलाई घाम नझुल्किदासम्मको शीतको संज्ञा दिँदै बास्कोटाले आउने चुनावमा माधव नेपालको पाटीको हैसियत नेपाली जनताले देखाइदिने बताउनुभयो ।
महागठबन्धन चुनावको अघिल्लो दिन सम्म कायम रहने बताउँदै देशभर चुनावी प्रतिस्पर्धा काङ्ग्रेस र एमाले बिचमा मात्र हुने बताउनुभएको छ ।अहिलेको सरकारले स्थानीय चुनाव आउँदो फागुनमा कुनै पनि हालतमा गर्नुपर्ने दायित्व रहेको भन्दै छिमेकी देशहरुसगँ रहेको सीमा विवाद राष्ट्रिय एकता र सार्वभौमतालाई कायम गर्दै सीमा सुरक्षा गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्