तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्वत ।  बागलुङको जैमिनी नगरपालिका– ७ जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिजो साँझ ६ बजेतिर परेको चट्याङ लागेर स्थानीय ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको हो । 

जैमिनीका नगर उपप्रमुख लिला रानाका अनुसार सार्कीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर १८ वर्षीया बिपना नेपाली, ५७ वर्षीय लालबहादुर नेपाली र ६० वर्षीय शहबिरे नेपाली घाइते हुनुभएको छ ।

घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि अवस्था सामान्य भएको छ । चट्याङ लागेर एउटा भैँसी पनि मरेको उपप्रमुख रानाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button