तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व केन्द्रित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

file photo

काठमाडौँ । ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडा दसैँ, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरी चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।

योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । 

थानकोट, नाग ढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु–बाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुई वटा चालक भए–नभएको एप्सबाट जाँच गर्ने बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button