तपाईँ सुन्दै हुनुहुन्छः

आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा पस्मिना उद्योगी

काठमाडौँ । नेपाली उद्योगी पस्मिनाको कच्चा पदार्थको आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । नेपाल पस्मिना उद्योग सङ्घ स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिनाको  धागो उत्पादन गर्ने तयारीमा जुटेको हो । 

सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याइने कच्चा पदार्थका विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिनुभयो ।  

मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर डोल्पाको समेत १ करोड २५ लाख मूल्य बराबरको २ हजार ८०० किलो ऊन खरिद गरिसकेको उहाँले बताउनुभयो ।

मुस्ताङको लोघेकर–दामोदर कुण्ड गाउँपालिकाको चराङमा सङ्कलन केन्द्र स्थापना भएपछि खेर गइरहेको च्याङ्ग्राका ऊनको सदुपयोग र कृषकको आम्दानी वृद्धि हुनाका साथै पस्मिनाको कच्चा पदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुगेको छ । 

विदेश निर्यात हुने पस्मिनाका लागि च्याङ्ग्राको ऊन प्रशोधन गरेर धागो बनाइन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक तीन अर्बको पस्मिना निर्यात हुने तथा यसका लागि १९५ टन भुवाको धागो आयात हुन्छ । 

कच्चा पदार्थको आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button