नेप्से परिसूचक २७०० विन्दुभन्दा तल
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४ प्रतिशतले घट्दै २७०० विन्दुभन्दा तल झरेको छ ।
सोमबार नेप्से परिसूचक ११४.०२ अङ्कले घटेर २६९८.२४ विन्दुमा झरेको छ । नेप्से ४ महिना पछि २७०० विन्दुभन्दा तल झरेको हो । यस अघि गत वैशाख ३० गते नेप्से २७०० विन्दु भन्दा मुनि अर्थात् २६८४.०१ विन्दुमा रहेको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स १९.५१ अङ्क घटेर ५०६.२७ विन्दुमा पुगेको छ ।
सोमबार बजारमा २२५ कम्पनीहरूका १ लाख ७ हजार ५९६ पटकको कारोबारमा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।
कारोबारमा आएका २२५ कम्पनीमध्ये यस दिन ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।
सोमबार पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५६ प्रतिशत घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्