तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले चाडै पूर्णता पाउँछः नेता श्रेष्ठ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनमा सहिद सूर्यनाथ रानको ठूलो योगदान रहेको बताउनुभएको छ ।

श्रेष्ठले धनुषाको शहिदनगर नगरपालिकाको डुमरीमा सहिद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति सभामा विषम अवस्थामा पनि रानले कम्युनिस्ट पार्टीको विकासका लागि खेल्नुभएको भूमिका सबैका लागि प्रेरणाको श्रोत भएको बताउनुभयो ।

उहाँले सङ्घीय गणतन्त्रको रक्षाका लागि निर्माण भएको वर्तमान गठबन्धनको सरकारले चाडै पूर्णता पाउने बताउनुभयो । पूर्णता पाएपछि सरकारको कामकाजले थप गति लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरीया यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश नंं २ का सह इन्चार्ज विश्वनाथ साह, महेन्द्र पासवान, प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण लगायतले सहिद रानको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button