माओवादी शक्तिका बिचमा एकता र सहकार्य जरुरी: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान विरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।
खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी शक्तिका बिचमा एकता र सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा जसपा र एमालेबाट एक दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्