तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस प्रवक्ता शर्माद्वारा चुनावी अभियान सुरु

झापा । नेपाली काँग्रेसका प्रवक्ता एवं पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ ।

आज गृह जिल्ला झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आफ्नो अवधारणा सार्वजनिक गर्नुहुँदै आफूले इमानदारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो ।

प्रवक्ता शर्माले अग्रज पुस्ताले नपाएको परिवर्तनलाई राजनीतिमा संस्थागत गर्न आफूले महामन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्नुभयो ।

प्रवक्ता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button