तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता तत्काल खुलाउन माग

file photo

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ । 

उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवर्द्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गर्नुभएको हो । 

आइतबार काठमाडौँमा आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बौँ रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् किनबेच सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो । 

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्न सक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button